२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोर: २३४ किमी कालोपत्रे, ३६ पुल बने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ। आयोजना शुरू भएको १६ वर्षमा करिडोरअन्तर्गत यो खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्रे, ३६ वटा पुल निर्माण भएका छन् भने छ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  

गैँडाकोट-राम्दी-मालढुङ्गा सडक योजनाको पाल्पाको तथ्यांकअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्डको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको यो खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजना शुरू भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा गर्न, कालोपत्रे गर्न र पुलहरू निर्माणका लागि १४ अर्ब सात करोड रूपैयाँ खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए।  

आर्थिक वर्ष २०६६/६७ मा शुरू भएको आयोजना २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य छ। २० अर्ब रूपैयाँ लागत अनुमान गरिएको यो २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ। इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। यो खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए।  

करिडोर गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्ड दुई जिल्लामा फैलिएको छ। करिडोरको नवलपुरमा ७७.९७ किमी, पाल्पामा ८६.२७ किमी, गुल्मीमा ४१.०६ किमी, बागलुङमा ३४.७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्छ। रासस

प्रकाशित: २ आश्विन २०८२ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App