१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन गम्भीर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै आइतबार बिहान ४ बजेतिर काठमाडौंदेखि दाङ आउँदै गरेको बस पल्टिँदा २९ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि बुटवल पठाइएको छ। अन्य घाइतेहरूको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय जनाएको छ।

लु प्र ०२००१ ख ००४५ नम्बरको बस सडकमा पल्टिएको हो। बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८२ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App