जुम्लाको तातोपानी गाउँपालिका ६ धौलापानीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। हिमा गाउँपालिका–२ ओदी गाउँका धमेन्द्र रोकायालाई सेनाको हेलिकोप्टरमार्फत् उनलाई काठमाडौं लगिएको हो ।
दुर्घटनाको सूचना पाएपछि देवीदत्त गणको टोली तत्काल घटनास्थलतर्फ उद्धारका लागि खटिएको थियो । घाइतेको अवस्था नाजुक भएपछि सेनाले हेलिकप्टर व्यवस्थापन गरी उनलाई काठमाडौं लगेको हो ।
यो पनि पढ्नुहोस्
जुम्लामा भ्यान दुर्घटना: घाइते सातमध्ये दुईको अवस्था गम्भीर
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार दुर्घटना बिहीबार दिउँसो करिब १२ बजे भएको थियो। जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान ट्याक्टरसँग ठोक्किएर सडकबाट करिब ४० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित सात जना घाइते भएका थिए। अन्य घाइतेहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। निर्देशक डा.कमल थानीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ।
घटनास्थलमा नेपाली सेनासँगै जिल्ला प्रहरी कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बलका टोली पनि पुगेको थियो ।
प्रकाशित: ७ फाल्गुन २०८२ १९:४५ बिहीबार





