२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कालिकोटमा जीप दुर्घटना: चालकसहित आठ घाइते, एक गम्भीर

जुम्लाबाट सुर्खेतका लागि छुटेको जीप आइतबार बिहान कालीकोटमा दुर्घटनामा परेको छ।दुर्घटनामा एक डाक्टर गम्भीर घाइते भएकी छन् भने चालकसहित अन्य सात जनालाई सामान्य चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार बिहान करिब १०:३० बजे हिलसाइड होटल नजिक भिजिट कर्णाली यातायात प्रालिको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको जीप सडकबाट तल खसेको थियो।

दुर्घटनामा कास्की पोखरा-२९ निवासी २८ वर्षीया डा. रुवी थापाको करङमा गम्भीर चोट लागेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा कार्यरत छिन्।

दुर्घटनामा सामान्य घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका-५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका-२ की २२ वर्षीया अन्जना धामी र मुगु कार्मारोम गाउँपालिका-२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ रहेका छन्।

त्यस्तै, बाँके कोहलपुर नगरपालिका-८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका-१ की ४५ वर्षीया कल्पना नेपाल आचार्य र दोलखा गौरीशंकर गाउँपालिका-१ का ३० वर्षीय हिक्मत जिरेल पनि घाइते भएका छन्। घाइतेमध्ये कल्पना नेपाल आचार्य राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयकी प्रमुख हुन्।

घाइते सबैलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८२ २०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App