४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

सुर्खेतमा सडक सफा गर्दै गरेको जेसीबी ३ सय मिटर तल खस्यो, चालकको मृत्यु

सुर्खेतको बराहताल गाउँपालिकामा सडक निर्माणका क्रममा जेसीबी मेसिन भिरबाट तल खस्दा चालकको मृत्यु भएको छ।

बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका जेसीबी चालक बराहताल गाउँपालिका–५ बस्ने ३३ वर्षीय रामप्रसाद लामिछानेलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८३ २१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App