२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जी सहिदहरुको सम्झनामा द्वीप प्रज्ज्वलन (तस्बिर)

सरकारको दमनमा परी जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा द्वीप प्रज्ज्वलन गरिएको छ।

कुनै राजनीतिक दल वा संगठनको ब्यानरविना स्वतस्फूर्त रूपमा भेला भएका सयौं नागरिकले मैनबत्ती बालेर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

शान्तिको प्रतीक मानिने बौद्ध स्तुपाको परिसरमा भेला भएका सर्वसाधारणले मौन धारण गर्दै मृतकहरूको आत्माको शान्तिको कामना गरे। सहभागीहरूले हातमा मैनबत्ती बोकेर स्तुपाको परिक्रमा गरेका थिए।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा देशका विभिन्न भागमा गरी हालसम्म ५१ जना युवाले ज्यान गुमाइसकेका छन्।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २८ भाद्र २०८२ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App