४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

नेपाललाई चाहिने मल र इन्धन निरन्तर दिने भारतको प्रतिबद्धता

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले दुई देशबीचको व्यापारिक तथा रणनीतिक सहकार्य सुदृढ रहेको बताएका हुन् ।

नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले नेपाल–भारतबीचको आयात–निर्यात प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए ।

पेट्रोलियम पदार्थ आपूर्तिबारे उनले नेपाल र भारतबीच भएको सहकार्य सम्झौताअनुसार नै इन्धन आपूर्ति भइरहेको बताए । “यो प्रक्रिया आगामी दिनमा पनि निरन्तर चलिरहनेछ,” प्रवक्ता जैसवालले उल्लेख गरे ।

रासायनिक मल आपूर्तिका विषयमा पनि भारतले सकारात्मक धारणा राखेको छ । “नेपाललाई आवश्यक पर्ने रासायनिक मल हामी उपलब्ध गराउँछौँ,” उनले भने ।

पछिल्लो समय नेपालले भारतसँग रासायनिक मल खरिदका लागि सरकार–सरकार (जीटुजी) सम्झौता गर्दै आएको छ । यस्तै पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच दशकौँदेखि व्यावसायिक सहकार्य कायम छ ।

प्रकाशित: २४ वैशाख २०८३ १८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App