२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

नेपाली सेनालाई भारतको स्ट्राइकिङ भेइकल र घोडा उपहार

तस्बिर : सिद्धान्त सिब्बल

नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ।

दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन्। विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन्। साथै ६ वटा सैनिक घोडा  र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेका छन्।  

मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए। भेटका क्रममा दुई पक्षीय हित र सैन्य सम्बन्धबारे कुराकानी भएको छ।

प्रकाशित: २ भाद्र २०८२ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App