१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो। स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ।

प्रकाशित: २४ भाद्र २०८२ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App