१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

जिउँदो कुकुरलाई पुलबाट फाल्ने महिला पक्राउ

जिउँदो कुकुरलाई सेती नदीमा फालेको आरोपमा बझाङ प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका-३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई नियन्त्रणमा लिइएको हो। उनले कुकुरलाई किन फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ २०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App