२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

दिल्लीबाट काठमाडौं आएका बसमा ९ लाखको अबैध कपडा बरामद

भारतको दिल्लीबाट काठमाडौंलाई छुटेका बसमा अबैध कपडा बरामद भएको छ ।  

काठमाडौं आउँदै गरेका बसबाट बिहीबार बिहान भन्सार छली भित्र्याइएको ९ लाखभन्दा बढी मूल्यको ब्रान्डेड रेडिमेड कपडा कपिलवस्तु नगरपालिका-५ डगरीमा बरामद गरिएको छ ।  

गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी आफैँ पुगेर बसमा चेकजाच गर्न लगाई सो कपडा बरामद गरेका हुन । भारतको खनुवा नाका हुँदै नेपालको मर्यादपुर नाका, सुठौली भन्सार पार गरी सशस्त्र प्रहरीको चेक पोस्ट डंगरीमा राकेर चेकजाच गर्नेक्रममा सो कपडा बसको डिक्कीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको  हो ।

सशस्त्र प्रहरी उपरीक्षक केसीले आफूले निर्देशन दिएर बसमा चेकाजाँच गर्न लगाउँदा डिक्कीमा लुकाई राखेको अवस्थामा कपडा बरामद भएको बताए । 

प्रकाशित: १९ भाद्र २०८२ २१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App