रास्वपा वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेनसँग जोडिएको एक स्टाटसपछि कलाकार जितु नेपालले स्पष्टिकरण दिएका छन्। उनी अहिले आफ्नो चलचित्र ‘कार्की साँइला’ को छयांकनका लागि धनकुटामा व्यक्त छन्।
दिनेश अधिकारी नामको फेसबुक एकाउन्टबाट जितुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेनसँग जोड्दै स्टाटस पोस्ट गरिएको थियो । त्यसपछि बालेनका समर्थक र पार्टीका केही कार्यकर्ताले उनलाई आलोचना र गाली गर्न थालेका छन् ।
उक्त अकाउन्टबाट बालेनलाई जितुले व्यंग्य गरेको दाबी गर्दै विभिन्न प्रसंग उल्लेख गरिएको छ । तर जितुले भने ती सबै कुराको खण्डन गरेका छन्।
जितुले राजनीतिक नेता वा दलविरुद्ध टिप्पणी नगरेको बताएका छन् उनले भने, “मैले न रवि लामिछाने, न बालेन शाह, न अरू कुनै नेतालाई गाली गरेको छु । भन्दै नभनेको कुराबाट भ्रम फैलाइएको छ, यसमा विश्वास नगर्न आग्रह गर्छु ।म राजनीतिमा खासै राजनीतिमा सक्रिय छैन। म कुनै दलको पक्षमा खुलेको छैन ।”
जितुले आफू सामाजिक सञ्जालमा प्रायः कामसम्बन्धी सामग्री मात्र पोस्ट गर्ने गरेको बताएका छन्।
नक्कली एकाउन्टबाट फैलाइएको सामग्रीले अनावश्यक रूपमा आफ्नो छविमा असर पुगेको गुनासो उनले गरे । उनले भिडियो सार्वजनिक गदै भने– कृपया भ्रममा नपर्नुहोस्, म केवल कलाकार हुँ र आफ्नै काममा केन्द्रित छु ।”
प्रकाशित: १५ फाल्गुन २०८२ १४:५९ शुक्रबार





-600x400.jpg)