१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

आईजीपीबाट हटाएर सल्लाहकार बनायो, कुन बिचौलियाको सेटल गरिदिएको होला : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर सल्लाहकार बनाइएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको कामकारबाहीप्रति व्यंग्य गर्दै सबै कुरा ‘सेटिङ’मा हुने गरेको टिप्पणी गरेका छन्। उनले यस्तो निर्णय कुनै बिचौलियाको स्वार्थ पूरा गर्न गरिएको हुन सक्ने आशंकासमेत व्यक्त गरे।

‘आईजीपीबाट हटाएर सल्लाहकार बनायो रे! यो सरकारको काम! सबै सेटिङमा हो! त्यो पनि कुन चाहिँ बिचौलियाको सेटल गरिदिएको होला!’ उनले लेखेका छन्।

साम्पाङले गलत काम गर्नेलाई गलत भन्न नसक्नु नेपाली समाजको पछौटेपन भएको पनि टिप्पणी गरेका छन्। उनले देश बिचौलियाका कारण समस्यामा परेको भन्दै त्यसको पछाडि नेपाली समाजको डरपोकपन जिम्मेवार रहेको बताएका छन्।

‘चोरलाई चोर नै हो! फटाहालाई फटाहा नै हो भन्न नसक्नु नै नेपाली समाजको पछौटेपन हो! देश आज बिचौलियाले सिध्याउनुको पछाडि नेपाली समाजको यही डरपोकपन जिम्मेवार छ!’ साम्पाङले लेखेका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App