१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

संसद्‌मा गृहमन्त्रीले भोटेकोशी बाढीबारे जानकारी दिने

प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे जानकारी गराउने भएका छन्।

बाढीको विपद्लाई प्राथमिकता दिँदै आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ।

केही बेरमा सुरु हुने बैठकमा गृहमन्त्रीको सम्बोधन र आकस्मिक समयलाई मात्र स्थान दिने तयारी गरिएको छ।

संसद् सचिवालयका अनुसार विपद्को परिस्थितिलाई ध्यानमा राख्दै यसअघि तय गरिएका अन्य नियमित कार्यसूचीहरू हटाइएको छ।

बैठकमा गृहमन्त्री गुरुङले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछिको वस्तुस्थिति र सरकारले गरिरहेको उद्धार कार्यको प्रगति विवरण संसद् समक्ष प्रस्तुत गर्नेछन्।

प्रकाशित: १० भाद्र २०८३ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App