पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई शान्त पार्न सरकारले धार्मिक समुदायका अगुवासँग छलफल तीव्र बनाएको छ।
गृहमन्त्री सुधन गुरुङले मंगलबार गृह मन्त्रालयमा मुस्लिम समुदायका अगुवाहरूसँग भेट गरी मुलुकमा धार्मिक सद्भाव कायम राख्ने विषयमा छलफल गरेका छन्।
यसअघि उनले हिन्दुवादी संघसंस्थाका प्रतिनिधिहरूसँग पनि छलफल गरेका थिए। पछिल्लो समय सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयले जनाएको छ।
गृह सहायक प्रवक्ता रमा आचार्यका अनुसार छलफलमा सुनसरीलगायत मधेसका विभिन्न क्षेत्रमा उत्पन्न परिस्थितिका साथै धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उपायबारे छलफल भएको थियो।
छलफलमा गृहमन्त्री गुरुङसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।
सरकारले पछिल्ला घटनापछि सबै पक्षसँग संवादमार्फत विश्वासको वातावरण बनाउने प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १६:४० मंगलबार





-600x400.jpg)