२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

घाइते बोकेर नेपालगन्ज जाँदै गरेको हेलिकोप्टर सुर्खेतमा अवतरण

कालीकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर गएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवतरण गरेको छ । 

सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुल हुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.रुवी थापा सवार गाडी कालीकोट–जुम्ला सडक खण्डको खाडाचक्र नगरपालिका–१ दुर्घटनामा परेको थियो । सडकबाट १० मिटर तल खसेर घाइते दुवै जनाको प्रहरीले उद्धार गरेर  जिल्ला अस्पताल कालीकोट पुर्‍याइएको थियो । 

डा.थापालाई बढी नै चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज लानलाई नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट कालीकोट पुगेर फर्किने क्रममा मौसम प्रतिकुल हुँदा बराहताल गाउँपालिका-५ बड्डीचौरको खेलकुद मैदानमा अवतरण गरेको सुर्खेत विमानस्थलले जानकारी दिएको छ ।

घाइते दुवै जनालाई नेपालगन्ज लगिँदै थियो । मौसम प्रतिकुल रहेपछि घाइते दुवैको उद्धारका लागि वीरेन्द्रनगरबाट एम्बुलेन्स पठाइएको छ ।

प्रकाशित: १९ श्रावण २०८२ १८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App