२० श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन

नर्सहरुकोे पेशागत सुरक्षाको माग लिएर अनशनरत नर्स र सरकार बिच १९ बुँदे सहमति भएको छ।

मंगलवार राति दवै पक्ष वीच भएको वार्तामा उक्त सहमति भएको हो। नर्सहरुको पेशागत सुरक्षा तथा अधिकारको लागि नर्स अभियन्ता ज्योति रानाभाट साउन १४ गते आमरण अनशन सुरु गरेकी थिइन्। गत वर्ष सम्पन्न आन्दोलनपछि सरकारले नर्सहरुको माग संबोधन गर्ने सहमति गरेपनि लागू नभएपछि नर्सहरु पुन आन्दोलनमा उत्रिएका थिए। मंगलवार राति सम्पन्न वार्तापछि गत वर्ष सहमति भएका मागहरु र केही नयाँ माग संबोधन सहित १९ बुँदे सहमति भएको छ।

मंगलवार सरकारको तर्फवाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ,मेडिकल सुपरिडेन्ट हेमन्तचन्द्र ओझा, कानुन अधिकृत जयप्रकाश सुवेदी र नर्सको तर्फवाट ज्योति रानभाटको हस्ताक्षर र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा,अतिरिक्त सचिव संंगिता मिश्र,प्रमुख सल्लाहाकार मनोहर प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी सोकीय सचिव प्रगति ढकाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसहिचव चन्द्रकान्त भुसालको रोहवरमा सहमति भएकोे हो।

अनशन बसेकी नर्स ज्योति रानभाटलाई जुस खुवाएर अनशन तोडिएको हो। सरकारी प्रतिष्ठान निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडिवाइफ लगायत स्वास्थ्यकर्मीहरुकोे पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गरी कम्तीमा ६ महिनाभित्र कार्यसम्पन्न गर्ने सहमति भएको छ।

अन्य सहमतिहरुमा छात्रबृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफहरुको योग्यता र बिशेषज्ञता अनुसारकोे तह,जिम्मेवारी, सेवा–सुविधा,तथा नेतृत्वको अवसर समेटिने गरी नेपाल सरकारवाट छात्रबृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७२ लाई ३० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन गर्ने उल्लेख छ।

राष्ट्रिय नर्सिङ तथा मिडवाइफ रणनीति २०७७/०७८ देखि २०८७/८८ बमोजिम सहायक नर्स–मिडवाइफ-अनमी)हरुलार्ई प्रविणता प्रमाणपत्र तह नर्सिङ मिडवाइफ्री अध्यययनको लागि छात्रबृत्तिको सुनिश्चत गर्न खेलकुद तथा शिक्षा मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने ,प्रमाणपत्र र नर्सिङ तथा मिडवाइफ कार्यक्रममा भर्ना प्रयोजनको लागि आगामी शैक्षिक सत्रदेखि प्रवेश परिक्षाको नीति कायम गर्न शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदलाई निर्देशन दिन खाद्य तथा स्वच्छ मन्त्रालयले दुइ दिनभित्र अनुरोध गर्ने सहमति भएको छ।

त्यसैगरी सम्पुर्ण अस्पतालहरुमा नर्सिङ प्रक्रिया, नर्सिङ केयर योजना, नर्सिङ डकुमेन्टेशन, नर्सिङ मूल्याकंन,औषधी व्यवस्थापन,संक्रमण नियन्त्रण, बिरामी सुरक्षा, प्रतिकुल घटनाहरु तथा नियमित नर्सिङ तथा मिडवाइफ अडिट अनिवार्य रुपमा लागु गर्ने र सोको प्रतिवेदन आफ्नो वेवसाइटमा राख्ने बिशिष्टीकृत प्रतिष्ठानहरुलाई मन्त्रालयले एक हप्ताभित्र सूचना प्रणालीमा नियमित गर्ने उल्लेख छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को प्रावधान बमोजिम सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा सम्मानजनक प्रसुति सेवाको अडिट गर्ने व्यवस्था मिलाउन र कडाइका साथ कार्यान्वयन गर्र्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र परिपत्र गर्ने सहमति भएको छ।

अन्य सहमतिहरुमा नर्सिङ तथा मिडवाइफ शिक्षाको गुणस्तर अनुसन्धान,निरन्तर व्यवसायिक विकास, नेतृत्व विकास,प्रमाणमा आधारित अभ्यास , बिशेषज्ञ बिशेषज्ञता तथा गुणस्तरलाई राष्ट्रिय प्राथमिकताका साथ संस्थागत गरी बार्षिक बजेट तथा कार्यक्रममा अध्यावधिक गर्ने लगायत सहमति भएको छ।

प्रकाशित: २० श्रावण २०८३ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App