१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

सांकेतिक तस्बिर

देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको जनाएको छ । यसका कारण आसपासका जिल्ला तथा क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि वर्षा भएको छ ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्याय ले दक्षिणमा धनुषा–महोत्तरीदेखि उत्तरतर्फ सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ हुँदै सोलुखुम्बुसम्मको आकाश बाक्लो बादलले ढाकिएको बताएका छन् । उनले उक्त क्षेत्रमा भारी वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पूर्वी नेपालमा भारी वर्षाको सम्भावना औँल्याएका छन् । उनका अनुसार पूर्वी क्षेत्रमा आगामी तीन दिनसम्म निरन्तर वर्षाको सम्भावना रहने भएकाले बाढी, पहिरो र चट्याङबाट हुने जोखिमप्रति सचेत रहनुपर्ने देखिएको छ ।

प्रकाशित: ९ जेष्ठ २०८३ २०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App