श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएको भन्दै उजुरी दिएका हुन्।
‘ म लगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारबाही गरी पाऊँ।,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १६ चैत्र २०८२ १८:०५ सोमबार





