२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधन हस्तान्तरण

भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ।  

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मक रूपमा ती सवारी साधन हस्तान्तण गरे।

यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधन सहयोग स्वरुप उपलब्ध गराइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले जानकारी दिए। भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधन उपलब्ध गराएको छ। उक्त सवारीसाधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरे।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रकाशित: २९ माघ २०८२ १७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App