११ आश्विन २०८३ आइतबार
image/svg+xml
बजार

बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर चार हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०८३ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App