सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । स्थानीय बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहको ज्यान गएको हो ।
बिहीबार दिउँसो गडहियाबाट मिर्जापुरतर्फ छड सिमेन्ट लोड गरेर जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले विद्यालयबाट घर फर्किदै गरेकी अंकितालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार चालक बलरा नगरपालिका–६ का १८ वर्षीय कृष्णकुमार साहको खोजी भइरहेको छ ।
प्रकाशित: २१ जेष्ठ २०८३ १८:२९ बिहीबार



-600x400.jpg)

