५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कीर्तिपुरमा निजी गाडीमा आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुर ट्याङ्लाफाँटमा निजी गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ११ बजेको आसपास बा५च ३०३८ नम्बरको गाडीमा आगलागि हुँदा गाडीभित्र फसेका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए। केहिबेरमा आगो नियन्त्रणमा लिएपनि ढिला भएकोले चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चालकको सनाखत हुन भने बाँकी रहेको छ। घटना के कारणले भएको यकिन हुन सकेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ५ श्रावण २०८३ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App