माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ। प्रदर्शनका क्रममा अभियन्ता निकोलस भुसालसहित पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै ढुंगाना, रविकिरण हमालसहितका जेनजी युवाले ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शन गरिरहेका छन्। आन्दोलन स्थलमा केही घाइतेसमेत उपस्थित भएका छन्।

तर प्रशासनको अनुमति नलिई कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको छ। सो क्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रकाशित: ७ पुस २०८२ १३:४१ सोमबार





