२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्।

समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्।

जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका युवाहरूले सामाजिक सञ्जालमा लेखेका छन्, 'डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं।'

उनीहरूले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।

प्रकाशित: २४ भाद्र २०८२ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App