जेन-जी समूह सामाजिक काममा जुट्न थालेका छन् । रौतहटमा सक्रिय जेन-जी युवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर सडक तथा मठमन्दिरको सफाइ गरेका छन् ।
उज्यालोको पर्व दीपावलीको अवसरमा घरघरै सरसफाइ चलिरहेको समयमा युवाहरुले शिवनगर चोकदेखि मन्दिर परिसर तथा हाटबजार लाग्ने ठाउँको सफाइ गरेका हुन् । करिब सात सय पचास मिटर लामो बाटोका साथै मन्दिरको चारैतिर र हाट बजार लाग्ने ठाउँ, नजिकै छठ हुने ठाउँसम्म पनि सरफाइ गरिएको युवा अभिजित रामले जानकारी दिए ।

युवाहरुसँगै इलाका प्रहरी कार्यालय शिवनगर, इलाका प्रहरी कार्यालय गरुडा, अस्थायी ट्राफिक प्रहरी पोस्ट गरुडा र सशस्त्र प्रहरी बेस दुधियाभारबाट प्रहरी कर्मचारी सफाइमा सहभागी थिए ।
गत असोजमा दशैँको समयमा जेनजी युवाहरुले तीन किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेका थिए । निरन्तर सामाजिक गतिविधिमा सक्रिय रहँदै संस्कृतिलाई सभ्य किसिमले मनाउने सन्देश आफूहरुले दिइरहेको रामले जानकारी दिए ।
प्रकाशित: १ कार्तिक २०८२ १५:२४ शनिबार





