२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।  खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।

स्थानीयवासी  दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको  ध्यान  गएको छैन ।

यसैबीच, गमगढी    नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताए। उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए। 

प्रकाशित: २७ श्रावण २०८२ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App