३० पुस २०८२ बुधबार
image/svg+xml
समाज

नुहाउन गएका चार किशोरको डुबेर ज्यान गयो

 कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ ।  

नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । चारैजना पौडी खेल्ने क्रममा डुबेका थिए ।  

डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । घट्नास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने शकुसल घर फर्किएका छन् ।  

धनगढीबाट करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरको समूह बनाएर नुहाउन गएका थिए ।

प्रकाशित: १२ भाद्र २०८२ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App