२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

तीन जिल्लाबाट चार गर्भवती र सुत्केरीको उद्धार

लगातारको वर्षाले सडकहरू अवरुद्ध भएपछि हेलिकप्टरबाट चार जना गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट इलाम, पाँचथर र संखुवासभाबाट उनीहरुको उद्धार गरिएको हो ।  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका ५ शिरसिरे र सन्दकपुर गाउँपालिका १ छाँगेबाट दुई जनाको उद्धार गरिएको हो । 

यस्तै पाँचथरको फिदिम नगरपालिका १२ पुल भञ्‍याङ्ग र संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ३ हुङगुङबाट नेपाली सेनाले उनीहरुको उद्धार गरेको हो । 

उनीहरुको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल र विराटनगरमा रहेको कोशी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित: २० आश्विन २०८२ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App