१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना घाइते, दुई गम्भीर

चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३७३० नम्बरको बसमाथि कपिलवस्तुको शिवराज नगरपालिका-१, चोरखोला ढुंगा खस्दा चार जना घाइते भएका छन्। 

मंगलवार राति साढे १ बजेतिर गुडिरहेको बसमाथि ढुंगा खस्दा बसमा सवार २ जना पुरुष गम्भीर घाइते भएको र दुई जना महिला सामान्य घाइते भएको छन्। घाइते चार जना नै सिटमा च्यापिदा भएका थिए। चालकले बसलाई भालुबाङ पुर्‍याएर दुर्घटना बारे सुरक्षाकर्मीलाई जानकारी गराए पछि सशस्त्र प्रहरीले सिट काटेर उनीहरूको उद्धार गरेका थिए। 

दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका २ का ५६ वर्षीय सुरज लाल, ३७ वर्षीय दोबरीलाल थारु गम्भीर घाइते भएका ट्राफिक कार्यालयले जनाएको छ। यस्तै भरतपुर उप महानगरपालिका २९की २० वर्षीय मलिना सुनार र कञ्चनपुर अमरावती १० की भगवती कँडेल घाइते भएका छन्। चार जनालाई उपचारका लागि भेरी अस्पताल बाँके पठाइएको छ।  बसमा ३० जना सवार थिए। 

प्रकाशित: १३ आश्विन २०८३ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App