३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ब्यागमा लुकाएर कोकिन कारोबार, चार विदेशी नागरिक पक्राउ

प्रहरीले कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ गरेको छ।

विभिन्न नाकाबाट विदेशी नागरिकहरू नेपाल प्रवेश गरी लागुऔषध कोकिन कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले १ केजि ६०६ ग्राम कोकिन सहित ४ जना विदेशी नागरिक पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३५ वर्षीया रूबिना अब्दुल्लाह शेख छिन्। उनले बोकेको ब्यागमा लुकाई छिपाई ल्याएको लागु औषध कोकिन १.५७४ किलोग्राम सहित उनी पक्राउ परेकी थिइन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरूको शंकास्पद गतिविधि पहिचान गरी निगरानी गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीसँगै उक्त लागु औषध कोकिन लिन आएका अर्का भारतीय नागरिक बर्ष ३३ को अरूणप्रतापलाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि ब्युरोको टोलीले नागार्जुनको इचंगुनारायणबाट पनि दुई जना विदेशीलाई कोकिनसहित पक्राउ गरेको थियो।

इरितरियन नागरिक ३७ वर्षीय युसुफ एटमलाई ३२ ग्राम कोकिनसहित पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा रूसी नागरिक ४४ वर्षीय एन्ड्रिय मलेसेभलाई पक्राउ गरेको थियो।

प्रकाशित: १५ श्रावण २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App