रोल्पामा बुधवार रातिको पहिरोमा ज्यान गुमाएका चार, घाइते दुई र बेपत्ता ९ जना पहिचान खुलेको छ । मृत्यु हुनेमा थबाङ गाउँपालिका ५ बस्ने वर्ष १८ कि शान्ति पुन मगर, वर्ष ६० का कमलबहादुर पुन मगर, वर्ष ७५ का दलबहादुर पुन मगर, वर्ष ८० कि मनखना पुन मगर छन् ।
त्यसैगरि गम्भिर घाईते भएका थबाङ गाउँपालिका ५ कै वर्ष २२ का हिमाल पुन मगर, वर्ष २५ का संजय घर्ती मगरलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको रोल्पा प्रहरीले जनाएको छ । पहिरोमा ९ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्थानीय वर्ष ३८ की जुन कुमारी पुन मगर, वर्ष ९ का अशिम पुन मगर, वर्ष ५ का अशोक पुन मगर, वर्ष ८० का अजम्बर पुन मगर, वर्ष ८० का बलबहादुर पुन मगर, वर्ष ६१ का लिलबहादुर पुन मगर, वर्ष ६६ कि मनि पुन मगर, वर्ष ८५ कि हस्तकला रोका मगर, वर्ष ३४ का महेन्द्र घर्ति छन् ।
रोल्पा प्रहरीका अनुसार बिहीबार प्युठानको खोला किनारमा ५ वटा शव फेला परेको तर सनाखत हुन बाँकी छ । ती शव खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले प्युठानमा खोला किनारमा भेटिएका शव पनि पहिरोले बगाएकाहरुको हुन सक्ने बताए । ‘शवहरु क्षतविक्षेत छन् । आफन्त आएर सनाखत हुन्छ ।’
प्युठान प्रहरी प्रमुख डिएसी नरहरी अधिकारीले नागरिक संग कुरा गर्दै भने ‘शवको फोटो रोल्पा थवाङ पठाएका छौँ । आफन्तहरु आउँदै हुनुहुन्छ । आएपछि सनाखत गर्नेछौ । सबै शव अस्पतालमा राखेका छौ ।’ रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार खोजी जारी राखेको बताए । ‘पानी परिरहको छ । उद्धार जारी छ ।’
प्रकाशित: २८ श्रावण २०८३ १६:३७ बिहीबार





