नेपाल सरकारका पूर्वसचिव जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।
काठमाडौं महानगरपालिका-१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए। सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाएका जोशी पछिल्लो पटक पोखरा विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आबद्ध थिए।
पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाल लगायतका पुस्तक लेखेका छन्।
प्रकाशित: ३० असार २०८३ १९:२४ मंगलबार





