२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

जुम्लामा ३३० हेक्टरमा डढेलोबाट वन क्षति

जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए।

चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ। अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ।

कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका  प्रमुख बढ्थापाले जानकारी दिए।

बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्याउँदै आएको छ। दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ। वन संरक्षणमा सामुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए। रासस

प्रकाशित: २ चैत्र २०८२ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App