२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन्। 

परराष्ट्र मन्त्रालयका अनुसार आज (मंगलबार)  शिष्टाचार भेट भएको हो। भेटका क्रममा राजदूतले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको तर्फबाट खनाललाई पदभार ग्रहण गरेकोमा शुभकामना सन्देश सुनाएका थिए। 

छलफलमा उनीहरूबिच नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने र आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित: २४ चैत्र २०८२ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App