अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो दाबी गरेका हुन्।
ट्रम्पले होर्मुज जलडमरुलाई लिएर इरानलाई अल्टिमेटम दिएका थिए। अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म उक्त जलमार्ग नखोले इरानका महत्त्वपूर्ण ठेगानाहरूमा आक्रमण गर्ने उनले बताएका थिए।
सोही विषयलाई जोड्दै ट्रम्पले लेखेका छन्, ‘आज राति एउटा पूरै सभ्यता खतम हुनेछ, कहिल्यै फर्काउन सकिने छैन। म यस्तो होस् भन्ने चाहन्नँ, तर सायद यस्तै हुनेछ।’
उनले इरानमा सत्ता परिवर्तन भइसकेको र अब कम कट्टर एवं समझदार मानिसहरू हाबी भएको बताएका छन्।
‘अब ४७ वर्षदेखिको ज्यादती, भ्रष्टाचार र मृत्युको शृङ्खला अन्त्य हुनेछ। सायद केही उत्कृष्ट र क्रान्तिकारी परिवर्तन हुन सक्छ, कसलाई थाहा छ र ? ईश्वरले इरानी जनताको रक्षा गरून्,’ ट्रम्पले भनेका छन्।
प्रकाशित: २४ चैत्र २०८२ १८:३८ मंगलबार





