२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रोशीका अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्री गुरुङकाे निर्देशन

गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।

काभ्रेस्थित रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा गएका उनले अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्। गिट्टि बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले तत्काल बन्द गर्न निर्देशन दिए। 

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने उनले स्पष्ट पारे। 

वर्षायाममा आउने बाढीका कारण स्थानीयले हरेक वर्ष सास्ती खेप्नुपरेको गुनासो आएपछि उनी मन्त्रीपरिषद्को बैठक सकिएलगतै आज (मंगलबार) त्यस क्षेत्रको प्रत्यक्ष अवलोकनका लागि निस्किएका थिए। 

निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्र, उच्च जोखिममा रहेका बस्ती र त्यहाँको भौतिक पूर्वाधारको वास्तविक अवस्था अध्ययन गरेका छन्। 

प्रकाशित: २४ चैत्र २०८२ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App