अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ।
बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
जाजरकोटको दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय प्रहरी चौकीबाट प्रहरी जनशक्ति प्रभावित क्षेत्रतर्फ खटाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १२:४६ शुक्रबार


-600x400.jpg)


