२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ।

यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

आज दिउँसोदेखिको वर्षा निरन्तर रहिरहे जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

काठमाडौं आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।

प्रकाशित: ८ आश्विन २०८२ १९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App