बूढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि रहेकाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ९ः२५ बजे एसएमएस अलर्ट जारी गर्दै नदीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
महाशाखाले जोखिम क्षेत्रलाई तीन तहमा वर्गीकरण गर्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ। बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम रहेकाले उच्च सतर्कतामा बस्न अनुरोध गरिएको छ भने चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह महाशाखाले गरेको छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ (विकल्प २) मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: २५ आश्विन २०८३ १०:०५ आइतबार


-600x400.jpg)


