५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

चितवनमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो।

सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ।

अघिल्लो आव २०८१/८२ मा १३ जना र आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो।

निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ। मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App