भारतको विभिन्न राज्यबाट पाँच जना नेपालीहरूको उद्धार गरिएको छ। दिल्ली पुलिस नेपाली राजदूतावास र किन् इन्डियाले उद्धार गरेर उनीहरूलाई नेपाल फिर्ती गराएको अभियानमा संलग्न कल्पना महर्जनले बताइन्।
उद्धार गरिएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा परिवारलाई जिम्मा लगाइएको छ। मानव बेचविखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वय अनुसार भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटलबाट दिल्ली पुलिस नेपाली राजदूतावास र किन् इन्डियाको सक्रियतमा सुरक्षित रूपमा उद्धार तथा स्वदेश फिर्ता गराइ मानव बेचविखन ब्यूरोमा उपस्थित गराइएको छ।
उपस्थित भए लगत्तै ठगी गर्ने व्यक्तिलाई जाहेरी दिन सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही अगाडि बढाउन किन् इन्डियाको नेपालमा रहेको ग्लोबस संयोजक इन्द्रराज भट्टराईको टोलीले थप सहयोग गरिरहेको बताइएको छ।
बालविवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केही समयदेखि मानब बेचविखनविरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय हुन थालेकी छन्। सर्वोच्च शिखर सगमाथाको शिखरबाट बालविवाह विरुद्धको अभियानलाई उद्घोष गरे पश्चात अभियानमा सक्रिय हुँदै किन् इन्डियाको ग्लोबल एम्बेस्डर भए लगत्तै मानव बेचविखनविरुद्धको अभियान र उद्धार कार्यक्रम पनि संलग्न हुन थालेको हो।
यो उद्धार कार्यका लागि शुभ अवसर ग्राम नेपालको सहयोग गर्नुका साथै शान्ति शिक्षा अभियान नेपालको समन्वयमा रोटरी क्लब अफ पाटनले पनि सहयोग गरेका छ।
प्रकाशित: १० फाल्गुन २०८२ १९:१९ आइतबार





