७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

एकैदिन ५० लाख सन्देश प्रवाह, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड

जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचना सम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ।

बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए।

उनले भने, “शनिबार हामीले ५० लाख एसएमएस पठायौं। परिणामस्वरूप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो।”

पूर्वसूचना प्रणालीलाई  प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए।

प्रकाशित: १९ आश्विन २०८२ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App