१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु हुन् : पूर्वराजा शाह

प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याएका हुन्।

पूर्वराजा शाहले भनेका छन्, 'विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ। अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ। त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ।'

एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ। 

प्रकाशित: ७ फाल्गुन २०८२ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App