२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बर्दियामा हाइस र दुई अटो ठोक्किँदा पाँच घाइते, तीनको गम्भीर

बर्दियाको राजापुरमा मंगलबार दिउँसो हाइस र दुईवटा अटो रिक्सा एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

राजापुर नगरपालिका-८, भोगपुरस्थित हुलाकी सडकखण्डमा दुर्घटना भएको हो। ट्राफिक प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार, नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६९१ नम्बरको हाइसले विपरीत दिशाबाट आइरहेका से १ ह २०८९ र भे १ ह ८५७१ नम्बरका दुई अटोलाई एकैसाथ ठक्कर दिएको हो।

गम्भीर घाइते हुनेहरूमा अटो चालक ३२ वर्षीय यमबहादुर खड्का, सोही अटोमा सवार ६० वर्षीया राईभगनी चौधरी र हाइसमा सवार बाँसगढी नगरपालिका-५ की २२ वर्षीया निरु थारु रहेका छन्।

त्यसैगरी, अर्का अटो चालक ३६ वर्षीय चैतु थारुको अवस्था मध्यम छ भने अटोमा सवार ५५ वर्षीया जगनी थारुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ भाद्र २०८२ २०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App