२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सात एकतर्फी

फाइल तस्बिर

आज (शनिबार) बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका पाँच राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन् भने सात राजमार्गहरू एकतर्फी रूपमा सञ्चालन भएका छन्।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५, गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्ण रूपमा बन्द छन्।

यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा भेरी काेरिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रकाशित: १७ श्रावण २०८२ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App