२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

एकै दिन १७ ठाउँमा आगलागी : ८२ लाख बढीको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद्का घटनाका जानकारी प्राप्त भएका छन्।

प्राधिकरणमा प्राप्त विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए। बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए। पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ वर्षीया एक महिला जंगलमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी घाइते भएकी थिइन्।

प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ। सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए। अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ।

गाईगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुलो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ। यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ।

प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका कारण भएको देखिन्छ। सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भए पनि असावधानी र जनचेतनाको अभाव देखिन्छ। रासस

प्रकाशित: १७ मंसिर २०८२ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App