२२ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

ओखलढुङ्गामा आगलागी, ५७ लाखभन्दा बढीको क्षति

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ। स्थानीय बुद्धिकुमार आचार्यका दुई वटा घरमा आज बिहान विद्युत् चुहावटका कारण आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। 

प्रहरीका अनुसार आगोले घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, सुनचाँदी तथा करिब १० लाख रुपैयाँ नगद समेत खरानी बनाएको छ। उक्त घटनामा कुल ५७ लाख १० हजार ७५० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। 

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा करिब तीन घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो। 

प्रकाशित: २१ चैत्र २०८२ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App