देशभरि फैलिएको जेएनजीको आन्दोलनले उग्र रूप लिँदै गएको छ।
आन्दोलनकारीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा तोडफोड र आगजनी गरेका छन्। नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीका अनुसार बानियाँको मकवानपुरमा रहेको घरमा आगजनी गरेका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १२:५६ मंगलबार





