८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।  

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् ।वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजीकार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान, ढुङ्गाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए । रासस

प्रकाशित: ४ वैशाख २०८३ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App